कोहलपुर नगरपालिका, दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजनाबाट निःशुल्क सञ्चालन गरिने कार्यरत अभ्यास सहितको तालिम कार्यक्रम (१६९६ घण्टा तह २) विषयमा लागि भर्नाको अवसर खुलेको छ । तालिम अवधिमा प्रशिक्षार्थीहरूलाई खाजा उपलब्ध गराइनेछ । यस तालिम कार्यक्रममा कोहलपुर नगरपालिकाका महिला, विशेष अवस्थाका व्यक्ति तथा विपन्न एवं पछाडि पारिएका समूहलाई प्राथमिकतामा राखिनेछ। 

न्यूनतम आवश्यक योग्यता

  • १८ वर्ष पूरा भई महिलाको हकमा ४० वर्ष र पुरुषको हकमा ३५ वर्ष ननाघेका नेपाली नागरिक हुनु पर्ने,
  • माध्यामिक तह (१२ कक्षा) उत्तीर्ण गरी समग्रमा न्यूनतम ग्रेड १.६ प्राप्त गरेका व्यक्तिहरू।
  • पेशागत कार्य प्रकृतिको आधारमा काम गर्न सक्ने हुनु पर्ने।
  • सम्बन्धित विषयमा पहिले तालिम नलिएकोलाई प्राथमिकता दिइने ।

 

थप जानकारीको लागि

तालिम प्रदायक संस्थाको नाम: नवरत्न टेक्निकल ट्रेनिङ्ग ईन्स्टिच्युट प्रा.लि.

तालिम हुने स्थल: कोहलपुर नगरपालिका-११, न्युरोड चोक, बाँके

आबेदन फारम पाइने स्थान: ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र

सम्पर्क व्यक्ति र नम्बर: शिवध्वज शाही (9848032934) शिव रानाभाट (9848109735)

नोटः यो तालिमका लागि https://nabaratna.edu.np/trainings/3/apply मा गई अनलाईन समेत फारम भर्न सकिनेछ।

Categories

Notice
5
के तपाई सिप मुलक तालिम लिई रोजगारीमा जान चाहनुहुन्छ ?
आजै तालिमको लागि आवेदन दिनुहोस र रोजगारीको सुनिश्चता गर्नुहोस ।
Apply Now

Our Address

Head Office :
Branch Office :
Logo © 2025 Nabaratna Technical Training Institute Pvt. Ltd..